बन्दका क्रममा कहाँ के भयो... काठमाडौं, २८ वैशाख । नेपाल बन्दका क्रममा प्रहरीले आज राजधानी लगायत मुलुकभरीबाट ८३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । ब्राम्हण क्षेत्री समाजको बन्दका क्रममा काठमाडौंबाट ६० जना, ललितपुरबाट ११, मोरङबाट १, हेटौंडाबाट २, सुनसरीबाट २ र कास्कीबाट ७ जना गरी जम्मा ८३ जनालाई पक्राउ गरेको प्रहरी बुलेटिनमा उल्लेख छ । बन्दका क्रममा २ ट्याक्सी, ७ बस, ३ मोटरसाइकलहरुमा तेडफोड भएको प्रहरी भनाई छ । तमुवानको बोर्ड हटाउन खोज्दा झड उता, पोखरा उपमहानगरपालिका–९, पृथ्वीचोकस्थित तमुवानको बोर्ड हटाउन खोज्ने ७ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
     
   
 
     
Click Here For Jagaran Media Click Here For Dalan
www.jagaranmedia.org.np www.radiojagaran.org.np www.yodalan.com